भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

‘युवतीकाे गाेप्य अंग छुदा डाक्टरको जागिर चट, अहिले प्रहरी खोरमा’

‘युवतीकाे गाेप्य अंग छुदा डाक्टरको जागिर चट, अहिले प्रहरी खोरमा’

ललितपुर । भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालका एक डाक्टर पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई पक्राउ गरेको हो । जबर्जस्ती करणी गरेको आरोपमा पक्राउपरेका जेनेररल फिजिसियन रोहित कुमार झा अहिले प्रहरीको नियन्त्रणमा छन् ।

अस्पतालमा जँचाउन आएकी एक महिलालाई झाले जबरजस्ती गरेको खुल्न आएको छ । जँचाउने बहानामा गोप्य अंगमा हात पुर्‍याएको महिलाले आरोप लगाउदै प्रहरी प्रशासनमा उजुरी दिएकी थिइन् । सो घटना लगत्तै मेडिसिटी अस्पतालले डाक्टर झालाई निश्कासन गरिसकेको जनाएको छ ।

अस्पतालमा दुई महिनाअघि मात्रै काम सुरु गरेका झालाई घटना थाहा पाएपछि निश्कासन गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ। पक्राउ परेका डा.झा मेडिसिटी अस्पतालमा इमर्जेन्सी विभागमा कार्यरत छन् । ती युवतीले आफूलाई डा. झाले चुकुल लगाएर बलात्कार प्रयास गरेको किटानी जाहेरी आइतबार नै दिएकी थिइन् ।

जाहेरीमा उल्लेख भएअनुसार झाले महिलालाई जाँच्ने क्रममा विस्तारै गोप्य अंगमा हात लगेका थिए । त्यसपछि बलात्कार गर्न खोजेपछि महिला कराउन थालेकी थिइन् । डा.झा माथि जबर्जस्ती करणी मुद्दा उद्योगअन्तर्गत अनुसन्धान शुरु भएको परिसरका डीएसपी सन्तोष तामाङले जानकारी दिए । डा.झालाई मंगलबार अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा पेश गरिने डीएसपी सन्तोष तामाङले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.