भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

हत्यामा संलग्न लिम्बू पक्राउ

हत्यामा संलग्न लिम्बू पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले विराटनगर घर घई बूढानीलकण्ठ बस्ने ३० वर्षीय राज खड्काको हत्यामा संलग्न एकजनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले ताप्लेजुङका ३५ वर्षीय प्रदीप लिम्बूलाई सोमबार साँझ पक्राउ गरेको हो । लिम्बूले खड्कालाई चक्कु प्रहार गरेर हत्या गरेका जनाइएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको करुणा अस्पताल चुनिखेलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हत्या सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मोटरसाइकल हस्तान्तरण

ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट हराएका मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका १० मोटरसाइकल र ११ स्कुटर फेला पारेर आज सम्बन्धित धनीलाई बुझाएको हो । सो अवसरमा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले मोटरसाइकल हराउन नदिन सवारीधनी आफैँ विशेष चनाखो हुनुपर्ने बताए ।

“उपत्यकाबाट हराएका अधिकाशं सवारीसाधन उपत्यकाका आसपासका इकालकामा फेला पर्ने गरेका छन्,” उहाँले भन्नुभयो । महाशाखाले सवारीसाधन चोरी गर्ने व्यक्तिलाई पक्राउ गरी मुद्दासमेत चलाउँदै आएको छ । स्कुटरको सवारी दर्ता किताब बिलबुक डिकिमै राख्ने चलनले गर्दा कतिपय चोरी भएका स्कुटर पनि बिलबुकका साथ खुलमखुला हिँड्ने गरेको उहाँको भनाइ थियो ।

पछिल्लो समय उपत्यकामा पल्सर मोटरसाइकल र डियो स्कुटर बढी चोरी हुने गरेको महाशाखाले जनाएको छ । चालू आर्थिक वर्षमा उपत्यकामा हराएका ३२६ मोटरसाइकल तथा स्कुटरमध्ये १४६ मोटरसाइकल तथा स्कुटर फेला पारिएको महाशाखा प्रमुख भट्टराईले बताए । यस्तै महाशाखाले मोटरसाइकल चोरी कार्यमा संलग्न १९ जनालाई पक्राउ गरी मुद्दासमेत चलाइसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.