भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारका गतिविधिले नागरिकलाई सन्तुष्ट पार्न सकेनन् : प्रचण्ड | संसदमा एमालेको आक्रोश : प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग, सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको आरोप | कर्णालीको मुख्यमन्त्रीमा मङ्गलबहादुर शाही नियुक्त | प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित, आयुक्तमा वाग्ले र सुब्बा पनि स्वीकृति | सुनसरी घटनापछि सर्वदलीय अपील : ‘सामाजिक सद्भाव कायम राखौँ’ | मानव बेचबिखन रोक्न नेपाल प्रहरीको तयारी, ‘एन्टी साइबर स्क्याम सेल’ स्थापना गरिने | पहिरो पन्छाइएपछि दुईतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक | मोरङमा डिजे बजाउन पूर्ण प्रतिबन्ध, उल्लङ्घन गरे कानुनी कारबाही हुने |

हप्ता दिन देखि कर्णाली राजमार्ग अवरुद्ध

हप्ता दिन देखि कर्णाली राजमार्ग अवरुद्ध

१८ साउन २०७७ सुर्खेत । अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको एक साता वित्न लागेको छ ।

कालीकोट सडकखण्डको दहीखोला, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, बालीगाड, भैँसीगौडा, टिमुरेभीड, खल्लागाड, धनडा, राँचुली भिग्मलगायतका दर्जनौँ स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । कतै खोला बढेर गाडी पार गर्न गाह्रो त कतै पहिरोले सडक अवरुद्ध भएपछि यातायात सञ्चालन हुन सकिरहेका छैनन् ।

बाढीपहिरोले सडक बन्द भएपछि पाँच दिन लगाएर पनि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले बोलाएको समीक्षामा सहभागी हुन नसकिएको जिल्ला कृषि विकास तथा पशुसेवा कार्यालय जुम्लाका कार्यालय प्रमुखद्वय बालकराम देवकोटा र गोविन्द महतले बताए । राजमार्गको स्तरवृद्धि नगरे एवं पुल निर्माणमा तदरुकता नदिएसम्म यहाँका नागरिकले वर्षेनी यही समस्या भोग्नुपर्ने छ ।

सरकारले सडक स्तरनोतिमा ध्यान नदिँदा स्थानीय व्यवसायी तथा यात्रुले पटक–पटक दुःख भोग्नुपरेको छ । ज्यानको जोखिम मोलेर यात्रा गर्नुपर्ने दिनबाट मुक्त गर्न कर्णालीवासी कहिले हुने हो ? भन्ने प्रश्न उब्जिएको छ । मुलुक सङ्घीयतामा गइसकेपछि पनि कर्णालीका नागरिकको दुःख झेल्न परिरहेको स्थानीयले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.