भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

हमासको कब्जामा रहेका थप चार जना बन्धकको ज्यान गएको इजरायलको दाबी

हमासको कब्जामा रहेका थप चार जना बन्धकको ज्यान गएको इजरायलको दाबी

प्यालेस्टिनी विद्रोही समूह हमासले कब्जा गरेकामध्ये चार जनाको ज्यान गएको इजरायलले दाबी गरेको छ । हमासले गएको अक्टोबर ७ तारिखमा बन्धक बनाएका थप चार जना बन्धकको ज्यान गएको इजरायलले पुष्टि गरेको बीबीसीले जनाएको छ । ज्यान गुमाउने चारै जनालाई गाजापट्टी नजिकैबाट अपहरण गरिएको थियो ।

मारिनेमा बेलायती नागरिक ५१ वर्षीय नादाभ पोपलवेल, ७९ वर्षीय चाइम पेरी, ८० वर्षीय योराम मेट्जगर र ८५ वर्षीय अमिरम कुपर रहेका छन् । हमासको नियन्त्रणमा रहेका झन्डै एक सय २० जना बन्धकको अवस्था भने अझै थाहा हुन सकेको छैन । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.