भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हुण्डी कारोबारका आरोपी रु ३० लाखसहित पक्राउ

हुण्डी कारोबारका आरोपी रु ३० लाखसहित पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरस्थित फलफूल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद रु ३० लाख सात हजारसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काभ्रे चौरी देउराली गाउँपालिका–३ घर भई सोही बजारको स्टल नं १८ मा फलफूल व्यवसाय गर्ने ३४ वर्षीय मीनप्रसाद गौतम र उक्त पसलमा काम गर्ने रमेश तिमिल्सेना रहेका छन् ।

गौतमले हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट अनुसन्धानमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जाँच गर्ने क्रममा गौतमले हुण्डी कारोबारमा प्रयोग गरिएको उक्त नगद बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैबीच कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाइँको मास्क खोइ ’ कार्यक्रमअन्तर्गत अहिलेसम्म १० लाख ६० हजार ७०८ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाइँको मास्क खै रु’ अभियान गएको वैशाखदेखि चलाएको थियो । आजमात्रै चारहजार बढीलाई मास्क दिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.