भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

२४ घण्टामा थप एक हजार ४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि

२४ घण्टामा थप एक हजार ४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ, । देशभर पछिल्लो २४ घण्टामा थप एक हजार ४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ११ हजार ४२९ जनाको कोरोना परीक्षण गरिएको थियो । आठ हजार ९६५ जनाको पीसीआर र दुई हजार ४६४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा २५५ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख १४ हजार ४८५ पुगेको छ । निको हुनेदर ९७ दशमलव सात प्रतिशत छ ।

नेपालमा पीसीआर विधिबाट परीक्षण गर्दा आठ लाख ३३ हजार ९४६ र एन्टीजेन विधिबाट परीक्षण गर्दा ९७ हजार ५०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख ३७ हजार ५८९ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ६० हजार ८४३ पुगेको छ । कोभिड–१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख १० हजार ५९४ छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ८५५ छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०६ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । हाल भेन्टिलेटरमा १६, आइसियूमा ६७, होम आइसोलेशनमा सात हजार २४५, संस्थागत आइसोलेशनमा ६१० र क्वारेन्टिनमा ११३ सङ्क्रमित छन् ।

हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर र भक्तपुर छन् भने दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली छन् । सङ्क्रमित नरहेका जिल्लामा मुस्ताङ र र मुगु छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा दुई हजार ६५५, ललितपुरमा नौ सय र भक्तपुरमा ६३३ सक्रिय कोरोना सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.