काठमाडौं । आज रातिदेखि मौन अवधि सुरु हुदैछ। उपत्यका बाहिर रहेका दलका शीर्ष नेताहरु चुनावी सभा सम्पन्न गरी काटमाडौं फर्किसकेका छन्। जनमत आफ्नो पक्षमा पार्न उम्मेद्धार अन्तिम दौडधुपमा छन्। ठूला दलका शिर्ष नेताहरु आज बुधबार भक्तपुरमा केन्द्रित हुदैछन् ।
अन्तिम चुनावी सभामा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल , कांग्रेस सभापति शेरबहादुर देउवालगायतले भक्तपुरमा चुनावी सभामा सम्बोधन गर्नेभएका छन्। त्यस्तै राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाले पनि सम्बोधन गर्ने कार्यक्रम तयगरिएको छ ।
उपनिर्वाचनलाई दलहरुले चुनौतिको रुपमा लिएका छन् । वडाअध्यक्ष तहसम्मको चुनाव आफ्नो पक्षमा पार्न शिर्ष नेताहरुनै खटिनुले जनमत आफ्नो पक्षमा पार्न यो चुनाव निकै जटिल हुने संकेत बुझेको छ । स्थानीय तहअन्र्तगत उपमहानगर प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाअध्यक्ष ४३ पदका लागि उपनिर्वाचन हुँदै छ भने १ सय १ दलले चुनावमा भाग लिँदै छन्।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा ९५ दल र स्थानीय तहमा ७८ दलले भाग लिएका छन्। ०७४ को निर्वाचनपछि थपिएका १६ हजार २ सय १९ मतदाताले उपनिर्वाचनमा मतदान गर्न पाउनेछन्। निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा मतदाताको संख्या ४ लाख ५४ हजार १ सय १४ छ। मतदानका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन्।
कडा सुरक्षा व्यवस्था
सुरक्षाको कडा व्यवस्था मिलाईसकिएको र निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । जनतालाई ढुक्क भएर मतदान गर्न आग्रह गर्दै आयोगले बिहीबारभित्र उपनिर्वाचन हुने सबै स्थानमा मतपत्र, परिचयपत्रसहित सबै सामग्री बोकेर मतदान अधिकृत पुग्ने आयोगका प्रवक्ता नरेन्द्र दाहालले बताए। बुधबार राति १२ बजे मौन अवधि सुरु हुने भएकाले उक्त अवधिलाई निकै संवेदनशील रुपमा लिइएो दाहालको भनाई छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...
तनहुँ, ३० चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रले हाल आफ्नो कुल ६९ मेगावाट क्षमताको करिब ४० प्रतिशत अर्थात् ३० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ...
काठमाडौं, ३० चैत । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले चैत १५ गतेको तीनकुने घटनालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन् । नेपाली कांग्रेसका सांसद तथा सहमहामन्त्री...