भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

‘आज रातिदेखि मौन अवधि, नेताहरु अन्तिम दौडधुपमा’

‘आज रातिदेखि मौन अवधि, नेताहरु अन्तिम दौडधुपमा’

काठमाडौं । आज रातिदेखि मौन अवधि सुरु हुदैछ। उपत्यका बाहिर रहेका दलका शीर्ष नेताहरु चुनावी सभा सम्पन्न गरी काटमाडौं फर्किसकेका छन्। जनमत आफ्नो पक्षमा पार्न उम्मेद्धार अन्तिम दौडधुपमा छन्। ठूला दलका शिर्ष नेताहरु आज बुधबार भक्तपुरमा केन्द्रित हुदैछन् ।

अन्तिम चुनावी सभामा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल , कांग्रेस सभापति शेरबहादुर देउवालगायतले भक्तपुरमा चुनावी सभामा सम्बोधन गर्नेभएका छन्। त्यस्तै राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाले पनि सम्बोधन गर्ने कार्यक्रम तयगरिएको छ ।

उपनिर्वाचनलाई दलहरुले चुनौतिको रुपमा लिएका छन् । वडाअध्यक्ष तहसम्मको चुनाव आफ्नो पक्षमा पार्न शिर्ष नेताहरुनै खटिनुले जनमत आफ्नो पक्षमा पार्न यो चुनाव निकै जटिल हुने संकेत बुझेको छ । स्थानीय तहअन्र्तगत उपमहानगर प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाअध्यक्ष ४३ पदका लागि उपनिर्वाचन हुँदै छ भने १ सय १ दलले चुनावमा भाग लिँदै छन्।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा ९५ दल र स्थानीय तहमा ७८ दलले भाग लिएका छन्। ०७४ को निर्वाचनपछि थपिएका १६ हजार २ सय १९ मतदाताले उपनिर्वाचनमा मतदान गर्न पाउनेछन्। निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा मतदाताको संख्या ४ लाख ५४ हजार १ सय १४ छ। मतदानका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन्।

कडा सुरक्षा व्यवस्था

सुरक्षाको कडा व्यवस्था मिलाईसकिएको र निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । जनतालाई ढुक्क भएर मतदान गर्न आग्रह गर्दै आयोगले बिहीबारभित्र उपनिर्वाचन हुने सबै स्थानमा मतपत्र, परिचयपत्रसहित सबै सामग्री बोकेर मतदान अधिकृत पुग्ने आयोगका प्रवक्ता नरेन्द्र दाहालले बताए। बुधबार राति १२ बजे मौन अवधि सुरु हुने भएकाले उक्त अवधिलाई निकै संवेदनशील रुपमा लिइएो दाहालको भनाई छ।

 


Thali Mobile Pvt.Ltd.