भर्खरै : Sorry, your browser does not support inline SVG.

कोगीमा १४ जनाको हत्या

कोगीमा १४ जनाको हत्या

१५ साउन अबुजा । नाइजेरियाको कोगी राज्यमा १४ जना गाउँलेको हत्या भएको छ । मारिएकामध्ये १३ जना एकै परिवारका सदस्य रहेको नाइजेरिया प्रहरीले बताएको छ ।

प्रहरी प्रमुख एडी आयुबाका अनुसार उनीहरु कोगी प्रान्तको आग्बुडु गाउँका निवासी हुन । बन्दुकधारीको आक्रमणका कारण अरु छ जना गम्भीर घाइते भएका छन् । आक्रमण गर्नुको कारण अझै पत्ता लागेको छैन ।

हत्या गरिएका सबैलाई बन्दुकको गोली लागेको छ । सुरक्षाकर्मी घटना स्थल पुग्नुअघि नै आक्रमणकारी फरार भएको र आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.