भर्खरै : Sorry, your browser does not support inline SVG.

कोरोना संक्रमितको संख्या २८ हजार नाघ्यो, मृतकको संख्या १२० सचेत रहन आग्रह (भिडियो)

कोरोना संक्रमितको संख्या २८ हजार नाघ्यो, मृतकको संख्या १२० सचेत रहन आग्रह (भिडियो)

३ भाद्र २०७७ काठमाडौं । थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । संक्रमित मध्ये २१६ जना महिला र ४६५ जना पुरुष रहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १ सय १८ जना सक्रिय संक्रमित छन् भने हाल सम्म १२० जनाको मृत्यु भएको छ ।

विवरण यस्तो छ ।
प्रदेश १
ओखलढुंगाका एकजना महिला, झापाका १६ जना पुरुष र पाँचथरका पुरुष, मोरङका २८ जना महिला र ४१ जना पुरुष, सुनसरीका ५ जना महिला र ३१ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

प्रदेश २
धनुषाका ७ जना महिला र २१ जना पुरुष, पर्साका ३४ जना महिला र ७४ जना पुरुष, बाराका ५ जना महिला, १० जना पुरुष, महोत्तरीका ३ जना महिला र ९ जना पुरुष, रौतहटका एकजना महिला र ३ जना पुरुष, सप्तरीका १३ जना पुरुष, सर्लाहीका ४ जना महिला र १५ जना पुरुष, सिरहाका ४ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बागमती प्रदेश
काठमाडौंका ४५ जना महिला र ८९ जना पुरुष , चितवनका १५ जना महिला र ९ जना पुरुष, धादिङका एकजना पुरुष, भक्तपुरका २ जना महिला र ६ जना पुरुष, ललितपुरका ७ जना महिला र १० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भिडियो…

https://www.facebook.com/Kailashkhabarnews/videos/777600669681052/

गण्डकी प्रदेश
जिल्लाहरुमा कास्कीका ५ जना पुरुष, गोरखाका एक महिला र २ जना पुरुष, तनहुँका ४ जना पुरुष, नवलपरासी पूर्वका २ महिला र १० जना पुरुष, लमजुङका ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

प्रदेश ५
कपिलवस्तुका एकजना महिला र ५ जना पुरुष, दाङका ३ जना पुरुष, नवलपरासी पश्चितमका एक महिला, पाल्पाका एकजना पुरुष, प्युठानका २ जना पुरुष, बर्दियाका २ जना पुरुष र बाँकेका ८ महिला र १० जना पुरुष र रुपन्देहीमा २३ महिला र २९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश
जुम्लाका २ जना महिला र ७ जना पुरुष, डोल्पाका एकजना पुरुष, दैलेखमा एकजना महिला र ३ जना पुरुष, सल्यानका ५ जना महिला र १२ जना पुरुष, सुर्खेतका ७ जना महिला र ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेश
अछामका ३ जना पुरुष, कैलालीका २ जना महिला र एकजना पुरुष, डोटीमा २ महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ सय भन्दा बढी
पर्सा
महोत्तरी
रौतहट
काठमाडौं
मोरङ

संक्रमित नभएका जिल्ला

डोल्पा
हुम्ला
मनाङ
मुस्ताङ

हालसम्म ज्यान गुमाउनेको संख्या

प्रदेश १           – ११ पुरुष, ३ महिला
प्रदेश २           – ३६ पुरुष, ११ महिला
बाग्मती प्रदेश     – १४ पुरुष, ८ महिला
गण्डकी प्रदेश    – ७ पुरुष , १ महिला
प्रदेश ५           – १२ पुरुष, ३ महिला
कर्णाली प्रदेश     – ४ पुरुष
सुदूरपश्चिम प्रदेश  – ५ पुरुष र ३ महिला

 


Thali Mobile Pvt.Ltd.