११ साउन २०७७ काठमाडौं । यही साउन २० गते श्रावण प्रतिपदाका दिन मनाइने गाईजात्रासँग सम्बन्धित अन्य पर्व पूर्णरुपमा स्थगन गर्न गोदावरी नगरपालिकाले अनुरोध गरेको छ ।
कोरोना महामारीको सङ्क्रमण बढ्दै गइरहेको अवस्थालाई ध्यानमा राखेर नगरपालिकाले यस्तो अनुरोध गरेको हो ।गोदावरीभित्र गाईजात्रा पर्वमा मनाइने मत्या, रोपाइँ, लाखे, कृष्ण र जुग ९भगवान० जात्रा सञ्चालन नगर्न आग्रह गरिएको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए ।
दिवङ्गत आत्माको शान्त्तिका लागि भीडभाडजन्य कार्य नगरी सरोकारवालालाई मात्र गाईजात्रामा समावेश हुन अपिल गरेको छ । सामाजिक दूरी कायम गरी सांस्कृतिक परम्परालाई मात्र सञ्चालन गर्न प्रमुख महर्जनले अपिल गरेका हुन ।
