भर्खरै : Sorry, your browser does not support inline SVG.

थप २२४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १९,७७१ पुग्दा ५६ जनाको मृत्यु (भिडियो)

थप २२४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १९,७७१ पुग्दा ५६ जनाको मृत्यु (भिडियो)

१६ साउन २०७७ काठमाडौं । नेपालमा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १९ हजार ५ सय ४७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।आज थप १५१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हालसम्म १४ हजार ३ सय ९९ जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घन्टामा ४ जना संक्रमितको मृत्यु भएसंगै नेपालमा हालसम्म ५६ जना संक्रमितको मृत्यु भएको छ।
भिडियो हेर्न यहाँ थिच्नुहोस्…

https://www.facebook.com/Kailashkhabarnews/videos/3452377548128775/

आज १५१ जना संक्रमणमुक्त
थप १ सय ५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । शुक्रबार डिस्चार्ज भएकासहित नेपालमा हालसम्म १४ हजार ३ सय ९९ उपचारपछि निको भएका छन् । भोजपुर, संखुवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङ गरि ६ जिल्लामा संक्रमित शून्य भएका छन् । हाल १२ हजार १ सय ११ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म डिस्चार्ज हुनेको विवरण
प्रदेश १–८३१
प्रदेश २ –३१०१
बागमती प्रदेश – ५२६
गण्डकी प्रदेश – १२४४
प्रदेश ५– ३९७१
कर्णाली प्रदेशमा –१७१८
सुदूरपश्चिम प्रदेश – ३००८

उपत्यकामा ३८ संक्रमित थपिए
काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शुक्रबार काठमाडौंमा ३२, ललितपुर ५ र भक्तपुर १ जनालाई कोरोना संक्रमण देखिएको छ।थपिएकासहित काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४२३, ललितपुरमा ९७ र भक्तपुरमा ५७ पुगेकोछ । उपत्यकामा कहाँ कहाँ संक्रमित फेला परे भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छैन।

लकडाउन खुलेयता १४ जना संक्रमितको मृत्यु
नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको मृत्यु बढ्दो क्रममा छ । शुक्रबार मात्रै ४ जना संक्रमितको मृत्यु भएको छ । शुक्रबार दिउसो २ बजेसम्मको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमण भएका ५६ जनाको मृत्यु भएको छ । लकडाउन खुलेयताका ९ दिनको अवधिमा मात्र नेपालमा १४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.