भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

मतगणनास्थल सभागृहमा निःशुल्क स्वास्थ्य शिविर

मतगणनास्थल सभागृहमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकाको मतगणनास्थल राष्ट्रिय सभागृहमा ओम समाज डेण्टल अस्पताल र लायन्स क्लब काठमाण्डू युनिकको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।सो स्थलमा मतगणनाकार्य सम्पन्न नभएसम्म उपस्थिति हुने उम्मेदवार, निर्वाचन सम्पन्न गराउन खटिएका मतदान अधिकृत, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार र स्वयंसेवकसमेतलाई रक्तचाप परीक्षण, अन्य आवश्यक प्राथमिक उपचारलगायतलाई ध्यान राखेर शिविर सञ्चालन गरिएको अस्पतालका जनसम्पर्क अधिकृत धनप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

चावहिलस्थित सो अस्पताल दन्त्य चिकित्सामा लोकप्रिय मानिन्छ । लायन्स क्लब काठमाण्डू डिष्ट्रिक्ट ३२५, ‘एफ’का गभर्नर डा राजेन्द्र गिरीले आफूहरुले यस प्रकारका सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने क्रममा शिविर सञ्चालन गरिएको बताउनुभयो ।लायन्स क्लब काठमाण्डू, युनिकका चिफ गणेश केसीले शिविरमा कुनै व्यक्तिलाई स्वास्थ्यमा कठिनाइ भएमा तत्काल अस्पताल लैजान तयारी हालतमा एम्बुलेन्सलाई पनि सभागृहमै राखिएकाले सो शिविरको सदुपयोग गर्न आग्रह गर्नुभयो ।मुलुकककै सबैभन्दा ठूलो महानगरको मतगणना आज बिहानदेखि सुरु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.