भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

हतियार र गोलीसहित माछापोरीबाट दुई जना पक्राउ

हतियार र गोलीसहित माछापोरीबाट दुई जना पक्राउ

४ भदौ २०७७ काठमाडौ । दुई थान पेस्तोल र त्यसमा प्रयोग हुने १० राउण्ड गोलीसहित प्रहरीले माछापोखरीबाट दुई जना पक्राउ गरेको छ ।

मेड इन युएसए लेखेको दुई थान पेस्तोल, दुई थान म्यागेजिन र १० राउण्ड गोलीसहित वुधबार नुवाकोेटका २७ वर्षीय विकेश पण्डितलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उक्त हतियार ओसार्न लगाउने नुवाकोटका २८ वर्षीय अमर तामाङलाई समेत पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले बताए ।

वरामद हतियार धनुषाका ३५ वर्षीय शम्भु कार्कीको भएको र माछापोखरीमा रहेको हतियार नुवाकोट लैजाने क्रममा पण्डितलाई पक्राउ गरेका प्रहरीको भनाई छ । पक्राउ परेका तामाङ डाँका सम्बन्धी मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरेर गत २२ फागुनमा छुटेको महाशाखाले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.