भर्खरै : Sorry, your browser does not support inline SVG.

कालीकोटमा ६ जना बेपत्ता, बाढी र पहिरोको त्रास कायमै

कालीकोटमा ६ जना बेपत्ता, बाढी र पहिरोको त्रास कायमै

१३ साउन २०७७ कालीकोट । रास्कोट नगरपालिका १, मा आएको बाढी र पहिरोमा परी ६ जना बेपता भएका छन ।

बडलतोलामा गंगे खहरे खोलामा सोमबार राति आएको बाढीले राजबहादुर शाहीको घर बगाउँदा पाँचजना बेपता भएका हुन । बेपत्ता हुनेमा राजबहादुरकी १५ वर्षीया छोरी संगीता शाही, १२ वर्षीया कौशा शाही, ८ वर्षीय छोरा नवीन शाही र १५ वर्षीया साली अस्मिता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यक्षराज जोशीले बताए ।

यता चोक्टेबगरमा टेके टमाटाको घर पहिरोले पुरिँदा पाहुँना आएकी १४ वर्षीया बेलपुरा शाही बेपत्ता भएको प्रहरीले बताएको छ । अहिले पनि पानी पर्ने र पहिरो जाने क्रम नरोकिएकाले खोजी कार्यमा असहज भैरहेको घटनास्थलमा रहेको प्रहरीको टोलीले बताएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.