भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

कोरोना भाइरस विरुद्धको खोप सुरक्षित रहेको अक्सफोर्ड विश्वविद्यालयको घोषणा

कोरोना भाइरस विरुद्धको खोप सुरक्षित रहेको अक्सफोर्ड विश्वविद्यालयको घोषणा

५ साउन २०७७ । विश्वमा कोरोना भाइरसको खोप कसले छिटो बनाउला भन्ने चर्चा चलिरहेको वेला अक्सफोर्ड विश्वविद्यालयले कोरोना भाइरसविरुद्धको खोप सुरक्षित रहेको घोषणा गरेको छ ।

अक्सफोर्डले विकसित गरेको खोप मान्छेका लागि सुरक्षित रहेको पाइएको सञ्चार माध्यमहरुले जनाएका छन ।

बेलायतले पहिलो चरणमा खोपको एक अर्ब डोज बनाउन अक्सफोर्ड युनिभर्सिटी तथा खोप निर्माता कम्पनीसँग अर्डर गरिसकेको जनाइएको छ । खोपले कोरोना भाइरसको स्पाइक प्रोटिनलाई निष्क्रिय बनाउने बताइएको छ ।

विश्वविद्यालयले ह्यूमन ट्रायल गर्दा खोपबाट मान्छेमा कोरोनाविरुद्ध लड्न इम्युनिटी अर्थात प्रतिरोधक क्षमता विकसित गरेको जनाइएको छ । ११ हजार ७७ जनामा दोस्रो चरणको परीक्षण गर्दा खोप सुरक्षित रहेको पाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.