भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

काठमाडौंमा जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ

काठमाडौंमा जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ

काठमाडौं । काठमाडौंको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ ।

काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित धादिङ गङ्गा जमुना गाउँपालिका–६ घर भएकी ३२ वर्षीया सरस्वती गुरुङको गुरुङसेनी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालिका गुरुङ समेत सात जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साथै गोकर्णेश्वर नगरपालिका-४ माकलबारी बस्ने देवराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा मोरङ केराबारी घर भई काठमाडौँ कपन बस्ने ३८ वर्षीया बिष्णू लिम्बु समेत १५ जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए ।

 

 


Thali Mobile Pvt.Ltd.