२७ जेठ २०७७ काठमाडाैं । नेपालीलाइ MCC काे पासाे नभिडाउन संसद बैठकमा नेमकिपाका साँसद प्रेम सुवालले अावाज उठाएका छन् । त्यस्तै नेपाली काग्रेसका साँसद गगन थापाले अव सरकारले गरेका गलतकुरा टुलुटुलु हेरेर बस्न नसिकने बताएका छन् ।
हेर्नुहाेस संसद बैठक लाइभ…
https://www.facebook.com/Kailashkhabarnews/videos/707714003378398/
यसैबीच MCC बारे छलफल गर्न नेकपाको केन्द्रीय सचिवालय बैठक मंगलबार साँझ बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता स्वीकार गर्ने या नगर्ने भन्नेबारे बैठकले निर्णय गर्ने भएको छ ।
एमसीसी सम्झौताका राष्ट्रहीत विपरित रहेको भन्दै पार्टीका वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको तीन सदस्यीय कार्यदलले बुझाएको सुझाव प्रतिवेदनमाथि केन्द्रीत भएर मंगलबारको बैठकमा छलफल हुने भनाइ छ । खनाल नेतृत्वको कार्यदलले तत्कालीन काँग्रेस नेतृत्वको सरकारसँग भएको उक्त सम्झौताका केही बुँदा संशोधन नगरी स्वीकार गर्न नहुने सुझाव दिएको छ ।
