भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन

इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन

काठमाडौं, २७ भदौ । इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबी गर्दै साउदी अरेबियाले आफ्नो महत्वपूर्ण पूर्व–पश्चिम तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ । बिहीबार पाइपलाइनलाई लक्षित गरी लगातार ड्रोन आक्रमण भएपछि सुरक्षा सावधानी अपनाउँदै तेलको आवागमन रोकिएको साउदी अधिकारीहरूले बताएका छन् ।

साउदी प्रेस एजेन्सीका अनुसार सेप्टेम्बर १० को बिहान पूर्व–पश्चिम तेल पाइपलाइनमा धेरै ड्रोन आक्रमण भएका थिए । आक्रमणका क्रममा केही मानिस घाइते हुनुका साथै पाइपलाइनमा समेत क्षति पुगेको बताइएको छ । साउदी ऊर्जा मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले ठूलो क्षति हुन नदिन तथा सुरक्षालाई ध्यानमा राख्दै पाइपलाइनबाट तेलको आवागमन अस्थायी रूपमा रोकिएको जनाएको छ ।

क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्स्थापनाको काम भइरहेको अधिकारीहरूले बताएका छन् । साउदी विदेश मन्त्रालयले आक्रमणको कडा निन्दा गर्दै पाइपलाइनमा प्रहार गरिएका ड्रोनहरू इराकी भूभागबाट आएको दाबी गरेको छ । तर, साउदी अरेबियाले तत्काल कुनै प्रतिकारात्मक कदम नचाल्ने जनाएको छ ।

इराकका प्रधानमन्त्रीले आफ्नो भूमिबाट हुने यस्ता आक्रमण रोक्न आवश्यक कदम चाल्न इराकी सरकारलाई समय दिन आग्रह गरेपछि साउदीले हालका लागि संयमता अपनाउने निर्णय गरेको हो । साउदी विदेश मन्त्रालयले इराकी सरकारको प्रयासलाई समर्थन गर्ने जनाएको छ । यद्यपि, आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षाको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने अधिकार भने सुरक्षित रहेको स्पष्ट पारेको छ ।

पूर्व–पश्चिम तेल पाइपलाइन साउदी अरेबियाको महत्वपूर्ण ऊर्जा पूर्वाधार हो । यसले देशको पूर्वी क्षेत्रमा रहेका प्रमुख तेल क्षेत्रलाई पश्चिमी तटसँग जोड्छ । पछिल्लो आक्रमण साउदी अरेबिया र यमनका हुथी विद्रोहीबीच तनाव बढिरहेका बेला भएको हो । घटनाले क्षेत्रीय सुरक्षा तथा ऊर्जा पूर्वाधारमाथिको जोखिमबारे थप चिन्ता बढाएको छ ।

 


Thali Mobile Pvt.Ltd.