भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

उपचार हुन नसक्दा जाजरकोटमा सुत्केरीको मृत्यु

उपचार हुन नसक्दा जाजरकोटमा सुत्केरीको मृत्यु

२० साउन २०७७ जाजरकोट । सालनाल निकालेलगत्तै बेहोस भएपछि कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको मृत्यु भएको छ । सोमबार बिहान छोरा जन्माएकी उनको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको हो ।

बिहान ४ बजे सुत्केरी भएकी उनको ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो ।पुनले यसअघि दुई छोरीलाई जन्म दिएको प्रहरीले बताएको छ ।

शारीरिक अवस्था कमजोर र शरीरमा रगतको कमी भएका कारण उनको मृत्यु भएको बताइएको छ । नवजात शिशुको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए ।

 


Thali Mobile Pvt.Ltd.