भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

उपचार हुन नसक्दा जाजरकोटमा सुत्केरीको मृत्यु

उपचार हुन नसक्दा जाजरकोटमा सुत्केरीको मृत्यु

२० साउन २०७७ जाजरकोट । सालनाल निकालेलगत्तै बेहोस भएपछि कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको मृत्यु भएको छ । सोमबार बिहान छोरा जन्माएकी उनको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको हो ।

बिहान ४ बजे सुत्केरी भएकी उनको ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो ।पुनले यसअघि दुई छोरीलाई जन्म दिएको प्रहरीले बताएको छ ।

शारीरिक अवस्था कमजोर र शरीरमा रगतको कमी भएका कारण उनको मृत्यु भएको बताइएको छ । नवजात शिशुको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए ।

 


Thali Mobile Pvt.Ltd.