२४ साउन २०७७ काठमाडौँ । उपत्यकामा कोरोना संक्रमितको संख्या ९८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म उपत्यकामा ९ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीमध्ये काठमाडौंमा ७ सय ६६, भक्तपुरमा ८२ र ललितपुरमा १ सय ३४ जना छन् । पछिल्लो समय कोरोनाको जोखिम अधिक भएको जिल्लाको सूचि मध्य काठमाडौँ पनि एक हो । उपत्यकामा मात्रै १३६ स्थानमा संक्रमण देखिएको छ । ५ देखि ९ जनासम्म संक्रमित देखिएका स्थान २४ छन् भने १० देखि १२ जना संक्रमि भएका स्थान ४ रहेका छन् ।
नक्सालस्थित प्रहरी प्रधान कार्यालय, कालीमाटी, बागबजार र सामाखुसी क्षेत्र, बालाजु, बाँसबारी, त्रिवि शिक्षण अस्पताल, बूढानीलकण्ठ, धुम्बाराही, घट्टेकुलो, कोटेश्वर, माछापोखरी, नक्साल, पुतलीसडक, सीतापाइला, बालुवाटार, काठमाडौं महानगरपालिकाको कार्यालय, कुपन्डोल, टोखा र थानकोट क्षेत्र, अनामनगर, बल्खु, बालुवाखानी, बौद्ध, भंगाल, चाबहिल, दक्षिणढोका क्षेत्रमा संक्रमित भेटिएका छन् ।
इमाडोल, जोरपाटी, कलंकी, कीर्तिपुर, सोह्रखुट्टे क्षेत्रमा संक्रमित भेटिएका छन् । यस्तै बाफल, बसुन्धरा, भोटाहिटी, भोटेबहाल, च्यासल, क्षेत्रपाटी, दुवाकोट, धापासी, डल्लु, डिल्लीबजार, गोठाटार, गहनापोखरी, कपन, खुमलटार, कुलेश्वर, लगनखेल, महाबौद्ध, न्युरोड, नयाँबजार, पेप्सीकोला, रातोपुल, सुनाकोठी, ठैंबलगायतका स्थानमा पनि संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार उपत्यकाका अन्य ७० स्थानमा पनि संक्रमित भेटिएका छन् ।
