भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

गाईजात्रासँगै अन्य पर्व स्थगन गर्न अनुरोध

गाईजात्रासँगै अन्य पर्व स्थगन गर्न अनुरोध

११ साउन २०७७ काठमाडौं । यही साउन २० गते श्रावण प्रतिपदाका दिन मनाइने गाईजात्रासँग सम्बन्धित अन्य पर्व पूर्णरुपमा स्थगन गर्न गोदावरी नगरपालिकाले अनुरोध गरेको छ ।

कोरोना महामारीको सङ्क्रमण बढ्दै गइरहेको अवस्थालाई ध्यानमा राखेर नगरपालिकाले यस्तो अनुरोध गरेको हो ।गोदावरीभित्र गाईजात्रा पर्वमा मनाइने मत्या, रोपाइँ, लाखे, कृष्ण र जुग ९भगवान० जात्रा सञ्चालन नगर्न आग्रह गरिएको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए ।

दिवङ्गत आत्माको शान्त्तिका लागि भीडभाडजन्य कार्य नगरी सरोकारवालालाई मात्र गाईजात्रामा समावेश हुन अपिल गरेको छ । सामाजिक दूरी कायम गरी सांस्कृतिक परम्परालाई मात्र सञ्चालन गर्न प्रमुख महर्जनले अपिल गरेका हुन ।

 


Thali Mobile Pvt.Ltd.