भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

तनहुँमा अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

तनहुँमा अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

६ साउन २०७७ तनहुँ । अविरल वर्षाका कारण तनहुँमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । भानु नगरपालिका–९ सिमलगैह्रामा पहिरोले घर पुरिँदा हजुरआमा र नातिनीको मृत्यु भएको हो ।

तनहुँकै मनोज धौलारीको घर पहिरोले बगाउँदा दुवै जना बेपत्ता भएका छन् भने मृत्यु हुनेमा ८० वर्षीया तिलमाया धौराली र १५ वर्षीया शिताष्मा धौराली रहेको जिल्ला प्रहरी कार्यालय तनहँले जनाएको छ । एकसाताको अवधिमा पहिरोले पुरिएर तनहुँमा १३ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता रहेका छन् ।

व्यास नगरपालिकामा पाँच, ऋषिङ गाउँपालिकामा पाँच र म्याग्दे गाउँपालिकामा एक जनाको मृत्यु भएको जनाइएको छ । व्यासका एक जना भने अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । सोमबारको पहिरोमा बेपत्तामध्ये शिताष्माको उद्धार गरिए पनि अस्पताल लैजाने क्रममा बाटोमा निधन हुनुका साथै तिलमायाको घटनास्थलबाटै शव निकालिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.