भर्खरै : Sorry, your browser does not support inline SVG.

थप ३८० जनामा कोरोना पुष्टी, संक्रमित २२ हजार ९७२ पुग्दा मर्नेको संख्या ७५ पुग्यो (भिडियो)

थप ३८० जनामा कोरोना पुष्टी, संक्रमित २२ हजार ९७२ पुग्दा मर्नेको संख्या ७५ पुग्यो (भिडियो)

२५ साउन २०७७ काठमाडौं । नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा हाल सम्म कोरोना संक्रमित हुनेको संख्या २२ हजार ९७२ जना पुगेको छ । हालसम्म १६ हजार ३५३ उपचारपछि निको भएर घर फर्किएका छन् ।

थप दुई जना संक्रमितको मृत्यु, मृतकको संख्या ७५
थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिले सम्म मृत्यु हुने कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।कास्की जिल्ला पोखरा महानगरपालिका– १९ बस्ने ६२ वर्षीय एक पुरुषको साउन २४ गते राति उपचारको क्रममा निधन भएको हो । यस्तै पर्साको वीरगञ्ज महानगरपालिका– २ बस्ने २० वर्षीया एक महिलाको पनि साउन २४ गते निधन भएको थियो । मृत्यु पश्चात उनको स्वाबको नमुना परीक्षण गर्दा आज कोरोना पुष्टि भएको हो ।

हेर्नुहाेस् भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/223606412320297/

उपत्यकामा ९२ नयाँ संक्रमित थपिए
काठमाडौं उपत्यकामा ९२ जना कोरोना संक्रमित थपिएका छन् । यो हालसम्मकै उच्च संख्या हो । आइतबार काठमाडौंमा मात्र ९० र ललितपुरमा २ जना संक्रमित देखिएका छन् । आजको सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ११३६ पुगेको छ । काठमाडौंमा ९१२, ललितपुरमा १३९ र भक्तपुरमा ८५ संक्रमित पुष्टि भएका छन् ।

कुन जिल्लामा कति संक्रमित ?
रोना भाइरसका सक्रिय संक्रमितको संख्या प्रदेश २ मा सबैभन्दा धेरै भेटिएको छ । ६ हजार ५ सय ४४ सक्रिय संक्रमितमध्ये प्रदेश २ मा मात्र ३ हजार ७५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै सक्रिय संक्रमित रहेको प्रदेशको सूचीमा बागमती दोस्रो स्थानमा छ । त्यहाँ १ हजार १ सय ३२ जना छन् । त्यस्तै सुदूरपश्चिममा ५ सय ७४ प्रदेश १ मा ५ सय ११, प्रदेश ५ मा ४ सय ४७, गण्डकी प्रदेशमा २ सय ३७ र कर्णाली प्रदेश सबैभन्दा कम १ सय ६९ जना सक्रिय संक्रमित छन्।

प्रदेश १
ताप्लेजुङ ८, सोलुखुम्बु २, ओखलढुंगा ३, भोजपुर २, तेह्रथुम १, पाँचथर १, इलाम ४६, झापा ५४, मोरङ ३१९, सुनसरी ७०, उदयपुरमा ५ जना संक्रमित रहेका छन् ।

प्रदेश २
सप्तरी १६६, सिरहा ७७, धनुषा २३८, महोत्तरी ५७९, सर्लाही २१४, रौतहट ७४५, बारा १०९ र पर्सामा ९०३ जना संक्रमित रहेका छन् ।

बागमती प्रदेश
दोलखा ४, सिन्धुपालचोक ३३, रसुवा १, धादिङ २५, नुवाकोट ३२, काठमाडौं ७९०, भक्तपुरमा ५३, ललितपुर १०५, काभ्रेपलान्चोक १०, रामेछाप २३, सिन्धुली ७, मकवानपुर ३७ र चितवनमा १२ जना संक्रमित रहेका छन् ।

गण्डकी प्रदेश
गोरखामा २९, म्याग्दी ३, कास्की ५१, लमजुङ २०, तनहुँ १२, नवलपरासी पूर्व २३, स्याङ्जा ७२, पर्वत ३ र बाग्लुङमा २४ जना संक्रमित रहेका छन् ।

प्रदेश ५
रुकुम पूर्व ७, रोल्पा ४, प्युठान ८, गुल्मी १६, अर्घाखाँची १८, पाल्पा १०, नवलपरासी पश्चिम ४९, रुपन्देही ३६, कपिलवस्तु ११८, दाङ ५२, बाँके १४३ र बर्दियामा ९२ जना सक्रि संक्रमित रहेका छन् ।

कर्णाली प्रदेश
रुकुम पश्चिम १, मुगु, ८, कालीकोट १८, दैलेख २३, सुर्खेत २१, जुम्ला ५, जाजरकोट १६ र सल्यानमा ७७ जना संक्रमित रहेका छन् भने हुम्ला र डोल्पामा एक जना पनि संक्रमित छैनन् ।

सुदूरपश्चिम प्रदेश
कन्चनपुर ५७, डडेल्धुरा १३, बैतेडी १७, दार्चुला २६, कैलाली १६८, डोटी १९८, बझाङ १८७, बाजुरा १८९ र अछाम ११९ जना सक्रिय संक्रमित रहेका छन् ।

निजी सुरक्षागार्डलाई कोरोना पुष्टि
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलका निजी सुरक्षा गार्डलाई कोरोना संक्रमण देखिएको छ। पौडेलको सुरक्षामा खटिएका निजी सुरक्षा गार्डलाई कोरोना संक्रमणको पुष्टि भएको हो । सुरक्षा गार्डलाई कोरोना संक्रमण भएपछि पौडेल होम आइसोलेसनमा बसेका छन् ।

 


Thali Mobile Pvt.Ltd.