भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

‘पहिरोले बनायो मानवविहीन गाउँ’

‘पहिरोले बनायो मानवविहीन गाउँ’

२२ साउन २०७७ म्याग्दी । धौलागिरि गाउँपालिका–६ कल्लेनी गाउँलाई पहिरोले मानवविहीन बनाएको छ । माख्लाको भिरबाट खसेको पहिरोका कारण कल्लेनीवासीले गाउँ छाडेका हुन् ।

असार २७ गते घर छोडेर शिवाङको हेम माविमा गएर बसेका उनीहरु अझै गाउँ फर्कन सकेका छैनन् । स्थानीय रत्नप्रसाद पुनका अनुसार वरिपरि पहिरोले घेरेर गाउँ नै उराठलाग्दो बनाएको छ । गाउँ नै अहिले मानवविहीन भएको उनको भनाई छ ।

२८ परिवारका ५० जनाभन्दा बढी एक महिनादेखि विद्यालय भवनमा बस्दै आएका छन् । पहिरोले गाउँ फर्कने अवस्था नभएपछि घरमा पालिएका बाख्रा, कुखुरा, गाई, भैँसी बेचेका छन् । पाकेको मकैबाली भित्र्याउन र बारीमा लगाएको कोदो गोड्न नपाएको स्थानीयले बताएका छन् ।RSS

 


Thali Mobile Pvt.Ltd.