भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २३ पुग्यो

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २३ पुग्यो

कंगोमा आइतबार भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २३ पुगेको छ । विमानले धावन मार्गबाट उडान भरेको केही समयभित्रै प्राविधिक समस्या आएपछि अवतरणको अवस्थामा नआउदै घना बस्तीमा खसेको थियो। विमानमा दुई चालका दलका सदस्यसहित १७ यात्रु रहेका थिए।

उनीहरूलाई जीवित भेट्ने सम्भावना निकै कम भएको उद्धार कार्यका लागि घटनास्थलमा तैनाथ सुरक्षाकर्मीले बताए।अहिलेसम्म २३ जनाको मृत शरीर घटनास्थलबाट निकालिएको उद्धार टोली संयोजक जोसेफ माकुन्दीले बताए । दुर्घटनामा कुनै पनि यात्रु जीवित उद्धार गर्ने सम्भावना क्षीण रहेको उनको भनाई छ।

गोमाबाट उत्तरी क्षेत्रमा रहेको बेनीका लागि बिहान करिब ९ बजे उडेको ‘डोर्नियर–२२८’ विमानस्थलबाट ३५० किलोमिटर टाढा आवास क्षेत्रमा खसेको कंगोका अधिकारीले पुष्टि गरेका छन्। दुई चालक दलका सदस्य रहेको विमान बस्तीमा खसेको तर त्यहाँ कतिको मृत्यु भएको वा घाइते भए भन्ने जानकारी आइनसकेको संचारमाध्यमले जनाएका छन् । एएफपी

 


Thali Mobile Pvt.Ltd.