भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

हावा गफ हो कि यथार्थ मन्त्री ज्यू ?

हावा गफ हो कि यथार्थ मन्त्री ज्यू ?

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नागरिक अब उपचार नपाएर मर्नु नपर्ने बताएका छन् । उपचार विना मृत्युवरण गर्न नपर्ने वातावरण सरकारले सिर्जना गर्ने उनको दावी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यभार सम्हालेपछिको पहिलो औपचारिक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री ढकालले स्वस्थ्य नागरिक भएमात्र समृद्ध नेपाल बन्छ भन्ने तर्क सारे।

‘अब पैसा नभएका कारण उपचार हुनबाट नागरिक वञ्चित हुनु पर्दैन । राज्यले नागरिकको उपचारको जिम्मा लिन्छ । ‘उपचार गर्न राज्य छ’ भन्ने अनुभूति नागरिकलाई दिन्छु, मेरो पहिलो ध्यान यसैमा रहन्छ ।’ उनले भने, ‘म समग्र मन्त्रालयका बारेमा ब्रिफिङ लिँदैछु । यो सकिएपछि केही नयाँ कामको शुरुआत गर्छु । नीति तथा कार्यक्रम र बजेटमा भएका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा लान मेरो जोड रहन्छ ।’

बालस्वास्थ्य तथा खोप सेवा शाखाद्वारा आयोजित दादुरा रुवेला खोप अभियान सञ्चालन तथा नियमित खोप सुदृढीकरण पूर्वतयारी बैठकमा उनले स्वास्थ्य क्षेत्रमा विधि र थिति बसाली सम्मानित र व्यवस्थित बनाउने प्रतिबद्धता जनाए ।
मन्त्रीको यो भनाई हावा गफ मात्र हो कि यथार्थ हो भन्नेमा व्यापक जनचाँसो छ । यसभन्दा पहिले मन्त्रीले पनि धेरै बोलेको तर सिन्को समेत नभाँचेको एक कर्मचारीले बताए ।

 


Thali Mobile Pvt.Ltd.